बुद्धजयन्तीमा के भने प्रधानमन्त्रीले ? (भिडियो रिपोर्ट)

बुद्धजयन्तीमा के भने प्रधानमन्त्रीले ? (भिडियो रिपोर्ट)
बुधबार, जेष्ठ १२, २०७८

पुष्कर खतिवडा
विश्वभर बौद्धधर्माबलम्बीले शान्तिका दूत गौतम वुद्धको जन्म, मृत्यु र निर्वाण प्राप्तिको दिन, बुद्ध जयन्ती मनाएका छन् ।

कोरोना संक्रमणको जोखिमकाबीच अनौपचारिक रुपमा मनाईएको छ । नेपाल लगायत विश्वभरका बौद्धमार्गीहरुले कोरोना कहरकाबीच बुद्धजयन्ती मनाएका छन् । काठमाण्डौ उपत्यकामा विगत २६ दिन देखि निरन्तर निषेधाज्ञा भएकोले स्वयम्भु, बौद्ध जस्ता बुद्धको महत्वपुर्ण मानिएका स्थान बुधबार सुनसान देखिए ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

यसअघिका बुद्धजयन्तीहरुमा बौद्धधर्माबलम्बीहरुको ठूलो भीड लाग्ने स्वयम्भु समेत कोरोना महामारीका कारण सुनसान बन्न पुग्यो ।

यसैबीच २५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा सन्देश दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही भएको भन्दै बुद्ध दर्शनको उद्गमस्थल पनि र शान्तिको सन्देश छर्ने थलो पनि नेपाल नै भएको बताए ।

ओलीलले सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तरराष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोभिड–१९ का कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको बताएका छन् ।

ओलीले नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल भएको तथ्यसम्म पु¥याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइपु¥याउन योगदान गर्ने इतिहासका सबै पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरुयोजना बनाउने टाँगेलगायतलाई आभार व्यक्त गरे ।

हरेक बर्ष बैशाख शुक्ल पुर्णिमामा बुद्ध जयन्ती मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ती र मृत्यु महापरिनिर्माण यि तिनै एक दिन अर्थात बैशाख शुक्ल पुर्णिमाको दिन भएको मानिन्छ । जसका कारण यस दिन विश्वभरका बौद्ध धर्मालम्बी र नेपालीहरुबीच महत्पुर्ण मानिन्छ ।