चिकित्सकमाथि आक्रमण गर्ने मुख्य अभियुक्त बलात्कारका आरोपी

चिकित्सकमाथि आक्रमण गर्ने मुख्य अभियुक्त बलात्कारका आरोपी
शनिबार, जेष्ठ १५, २०७८

बाँके – बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता बलात्कार आरोपी रहेको खुलेको छ ।

कोरोना संक्रमणका कारण उपचाररत विरामीको मत्युभएपछि चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले पक्राउ गरेका एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत मध्य मानवहादुर बलात्कार आरोपी रहेको खुलेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मानबहादुर यसअघि बलात्कार मुद्दामा जेल परेका थिए । २०६६ मा देउखुरीकी एक महिलालाई बलात्कार गरेको मुद्दामा डेढ वर्ष सजाय काटेर उनी जेलमुक्त भएको प्रहरीको रेकर्डबाट देखिएको छ ।