च्याम्पियन्स लिगको उपाधि चेल्सीले जित्यो

च्याम्पियन्स लिगको उपाधि चेल्सीले जित्यो
आइतवार, जेष्ठ १६, २०७८

काठमाडौँ– म्यान्चेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे । खेलको ४३औँ मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् ।

यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।