निजामती कर्मचारीको तलब वृद्धि, कसको कति पुग्यो ?

आइतवार, जेष्ठ १६, २०७८

काठमाडौँ– सरकारले निजामती कर्मचारीको तलबमा २ हजार बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजामति कर्मचारीको तलब मासिक २ हजारका दरले बढाएको घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण अपेक्षित रुपमा तलव बढाउन नसकिएको उनले बताए ।

यस अघिका वर्षमा कर्मचारीको दर्जा अनुसार तलब बढ्ने गरेको भए पनि यस पटक भने सरकारले कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मका निजामती कर्मचारीको तलब एउटै दरले वृद्धि गरेको हो ।

अहिले उपलब्ध गराइदैँ आएको महंगी भत्तालाई भने सरकारले निरन्तरता दिएको छ ।

बजेटमार्फत नै सरकारले निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सुविधा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सबै प्रदेशमा सामुहिक लगानीबाट आवास निर्माण गर्ने व्यवस्था मिलाएको छ ।

१० लाख निजामती कर्मचारीको सामुहिक दुर्घटना बिमा र १ लाखको स्वास्थ्य विमा प्रिमियमवाफतको रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको पनि अर्थमन्त्री पौडेलले घोषणा गरे ।

तलब वृद्धिपछि कसको कति पुग्यो ?