भारतमा थप थप १ लाख २६ हजारमा कोरोना संक्रमण, घट्दै संक्रमणदर

भारतमा थप थप १ लाख २६ हजारमा कोरोना संक्रमण, घट्दै संक्रमणदर
मङ्लबार, जेष्ठ १८, २०७८

काठमाडौँ – दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २६ हजार ६९८ जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा २६ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८१ लाख ७३ हजार ६५५ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ७८२ मा झरेको छ । सोमबार पनि मृतक संख्या अघिल्ला दिनहरूको तुलनामा कम भएको थियो ।