डब्लूएचओले दियो अर्को चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति

डब्लूएचओले दियो अर्को चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति
बुधबार, जेष्ठ १९, २०७८

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा बनेको कोरोना विरूद्धको थप एक खोपलाई अपतकालीन प्रयोगको अनुमति दिएको छ ।

चिनियाँ कम्पनी सिनोभ्याक ले तयार पारेको उक्त खोपलाई अनुमति दिइएको हो । यससँगै अब चीनमा बनेका दुई खोपले अनुमति पाएका छन् ।

यसअघि डब्लूएचओले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई प्रयोगको अनुमति दिएको थियो ।

विश्वभर यो खोप प्रयोगका लागि सुरक्षित भएको पनि डब्लूएचओले जनाएको छ ।