जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री दाहालले गौरवका आयोजना निरीक्षण गर्ने

प्रधानमन्त्री दाहालले गौरवका आयोजना निरीक्षण गर्ने

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षण गर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताको टोलीसँग कुरा गर्दै उहाँले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाको स्थलगत निरीक्षणमा निस्कने बताएका हुन् ।

उनले प्रदेशका मन्त्रालयको सङ्ख्या कम गरेर मितव्ययिता र सुशासन कायम राख्ने पनि बताए । उनले भने, “म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षणमा निस्कँदै छु । यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्न‘होला ।”

प्रधानमन्त्रीले अनुगमन गर्न लाग्नुभएका आयोजनामध्ये धेरैको प्रगति सन्तोषजनक छैन । पन्ध्रौँ आयोजना अवधिभित्र राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइए पनि त्यसअनुसार आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।

पन्ध्रौँ आयोजनाको अवधि सकिन मात्र डेढ वर्ष बाँकी रहँदा अहिलेसम्म मेलम्ची खानेपानी आयोजना ९अस्थायी रूपमा०, माथिल्लो तामाकोसी जलविद्युत् गोरखापत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका