बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार ?

बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार ?
बिहिबार, जेष्ठ २०, २०७८

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नयाँ मूल्य अनुसार आज सुन तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ३ ६० रुपैयाँमा कारोबार भएको थियो।