सुनको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
आइतवार, जेष्ठ २३, २०७८

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन एक तोलामा ७०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ बढेको छ ।

बढेको नयाँ मूल्य अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको अन्तिम दिन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको सुन ९३ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।