चिनियाँ खोप: कुन उमेर समूहकालाई कहिले लगाईने ? (तालिकासहित)

चिनियाँ खोप: कुन उमेर समूहकालाई कहिले लगाईने ? (तालिकासहित)
सोमवार, जेष्ठ २४, २०७८

काठमाडौँ – चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले काठमाडौँका ज्येष्ठ नागरिकलाई खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउने भएको छ ।

महानगरपालिकामा उमेर अनुसार तालिका

काठमाडौँ महानगरपालिकाले पनि ज्येष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेल लगाउने भएको छ ।

मंगलबारदेखि ६० देखि ६४ वर्षका व्यक्तिहरुलाई कोरोनाविरुद्धको पहिलो खोप लगाइने महानगरपालिकाले जनाएको छ । त्यसका लागि उसले उमेरअनुसार खोप लगाउँने दिन तोकेको छ ।

जसअनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।