भाइरल हात्तीको तस्बिरको यथार्थ : गन्तव्यविहिन यात्रामा थकाइ मार्न सुस्ताए (फोटो फिचर र भिडियो)

भाइरल हात्तीको तस्बिरको यथार्थ : गन्तव्यविहिन यात्रामा थकाइ मार्न सुस्ताए (फोटो फिचर र भिडियो)
मङ्लबार, जेष्ठ २५, २०७८

 सामाजिक सञ्जालमा चीनका केहि हात्तीहरुको चर्चा चुलिएको छ । बासस्थान छाडेर गन्तव्यविहिन हिँडेका ति हात्तीको चर्चा अहिले विश्वभर भइरहेको छ ।

उनीहरू कहाँ जान हिँडेका हुन् ? त्यो कसैलाई थाहा छैन । तर आफ्नो वासस्थान छाडेर १७ वटा हात्ती यात्रामा निस्किएका छन् । ति मध्ये २ वटा हात्ती पहिला आएको जंगलतिर फर्किएका छन् भने बाकिँ १५ हात्ती गन्तब्यविहिन हिडिरहेका छन् ।

खासमा ति हात्तीको तस्बिरहरु चर्चामा आउनुको कारण हो, बासस्थान छाडेर अहिलेसम्म ५ सय किलोमिटर भन्दा बढि हिँडिसकेका ति हात्ती थकाइ लागेर बाटोमा सुस्ताउनु । जंगलमा हिड्दाहिड्दै थकाई लागेपछि सबै हात्ती एकअर्काको नजिकमा सुस्ताएका थिए । जसलाई निगरानी गरीरहेको समुहले तस्बिर खिच्यो र त्यहि तस्बिर विश्वभर भाइरल बन्यो ।

गन्तव्यविहीन यात्रामा निस्किएका हात्तीको चीनले ३६० भन्दा बढि मानिस खटाएको छ भने हात्तीको २४ घन्टा निगरानीका लागि नौ वटा ड्रोन, ट्रक र ७६ प्रहरी गाडी प्रयोग गरीएको छ । यतिमात्र होइन, हात्तीलाई खुवाउन १८ टन खाना समेत बनाइएको छ ।

फोरेस्ट्री र ग्रासल्यान्डको प्रान्तीय ब्युरोले मंगलबार कुनमिङबाट २० किलोमिटर पर रहेको युक्सी शहरमा हात्तीको बथान पुगेको बताएको छ । चीनको युनानको सिसुवाङबन्ना स्वशासित क्षेत्रस्थित जंगल छाडेर निस्किएका ती हात्तीलाई शहरमा पस्न नदिन विभिन्न उपाय लगाएका छन् । हात्ती हिँड्न लागेको बाटोलाई बन्द गरेर मानिसलाई रोकिएको छ भने बस्तीमा पस्न नदिन ठूला गाडी, पर्खालले छेकिएको छ ।

बिबिसीका अनुसार अहिलेसम्म हात्तीको यो बथानले मानवीय क्षति गरेको छैन । तर ५६ हेक्टर जमिनमा गरिएको खेतीमा क्षति पु¥याएको छ । एसियाली हात्तीहरू बसाइ सर्नु सामान्य हो तर यो केही सीमित क्षेत्र भित्र मात्रै हुने गर्छ । तर यसरी यति लामो दूरीको यात्रा गर्नु एकदमै दुर्लभ हो ।

भिडियो हेर्नुहोस् :