जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री लामिछानेविरुद्धको बहस समाप्त, आजै फैसला आउन सक्ने

गृहमन्त्री लामिछानेविरुद्धको बहस समाप्त, आजै फैसला आउन सक्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । गृहमन्त्री लामिछानेको नागरिकता विवादमाथिको रिटमा सुनुवाइ सकिएको हो । संवैधानिक इजलासमा रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका छन् ।

सर्वोच्च अदालतमा आज रविलामिछाने माथिको रिटको सुनवाँइमा निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले बहस गरेका छन् । यससँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा यसअघि बुधबार बहस गरेका थिए ।

वादी र प्रतिवादी दुवै पक्षका वकिलहरुको बहस गरेपछि आज नै मुद्दामा सर्वोच्चले फैसला दिन सक्ने भएको छ ।

सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले नेपाली नागरिकता खारेज भइसकेको अवस्थामा रविले निकालेको रबिको नागरिकताका बारेमा प्रश्न उठाएका छन् ।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीले जवाफी बहस गरिरहेका बेला उनलाई रोक्दै न्यायाधीश खतिवडाले प्रश्न उठाएका हुन्।

नेपाली नागरिकता खारेज भइसकेको अवस्थामा कसरी नेपालकै राहदानी जारी भयो रु भन्ने प्रश्न उनले गरेका छन् । नागरिकता नै खारेजी परेका सनर्दभमा पासपोटृ जारी गनृ कसरी संभव भयो रु खारेजमिा परेको नागरिकताले पासपोर्ट जारी गर्न नेपालको कानुनले नदिने बताका छन् ।
तर रविको पक्षमा सहभागि वकिलहरुले नेपाली नागरिकता नै नत्यागेको अवस्थामा पुनः प्राप्तीमा कुनै प्रश्न नउठेको तर्क गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका