जोडिनुहोस
  • होमपेज
  • माघ २३ मा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

माघ २३ मा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

काठमाडौँ – राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोकेका हुन् । राष्ट्रिय सभा उपाध्यक्ष पद १ वर्षदेखि रिक्त छ ।

निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का‌ महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठक ४ मिनेटमात्रै बसेको थियो । बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो ।

राष्ट्रिय सभाको अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । राष्ट्रिय सभाको अर्को बैठक उपाध्यक्षको निर्वाचनका लागि माघ २३ गते सोमबार बस्ने गरी स्थगित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका