जोडिनुहोस
  • होमपेज
  • अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को टिजर सार्वजनिक

अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को टिजर सार्वजनिक

काठमाडौं – अनमोल केसी स्टारर फिल्म ‘छड्के २.०’को टिजर सार्वजनिक भएको छ । एक मिनेट ४५ सेकेण्ड लामो टिजर अनुसार फिल्मको केन्द्रीय कथावस्तु रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँको कथामा घुम्ने देखिएको छ ।

ग्याङस्टर मनोविज्ञान सिर्जना गर्ने टिजरको ब्याकग्राउड स्कोर र रङ संयोजन । मनाङमा छायांकन गरिएको फिल्मको टिजरमा मेनडग चरित्रमा देखिएका अनमोलले फिल्ममा ग्रीन ग्याङको प्रतिनिधित्व गरेको देखिन्छ ।

टिजरमा रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् । निर्देशक समेत रहेका श्रेष्ठ पनि फिल्मको प्रमुख चरित्रमा देखिएका छन् । दश वर्षअघि बनेको फिल्म ‘छड्के’को सिक्वेलको रुपमा यो निर्माण भए पनि कथावस्तु भिन्न देखिन्छ । फिल्म फागुन १९ गते रिलिज हुँदैछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका