प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल विस्तार, खगराज बने गृहमन्त्री

प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल विस्तार, खगराज बने गृहमन्त्री
बिहिबार, जेष्ठ २७, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले एमाले नेता खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेकी हुन् ।

त्यस्तै जसपाका नेता राजकिशोर यादवलाई उद्योग, बाणिज्य तथा आपूर्ति, बादलपत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि माओवादी केन्द्र परित्याग गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास र नारद मुनि रानालाई वन तथा वातावरणमन्त्री नियुक्त गरेकी हुन् ।

त्यस्तै गणेशकुमार पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ । उनीहरुको सपथ आजै बेलुका ४ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।