नागिरकता अध्यादेश तत्काल कायार्न्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नागिरकता अध्यादेश तत्काल कायार्न्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
बिहिबार, जेष्ठ २७, २०७८

काठमाडौं । सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीसहितले दायर गरेको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगै न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सहभागी संवैधानिक इजलासले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

नागरिकताजस्तो विषय संसदबाटै विधेयकका रुपमा पारित भएर कानून बनाउनुपर्ने सर्वोच्चको निष्कर्ष छ ।

सर्वोच्चले नागरिकता अध्यादेश जारी गर्नुपर्नाको कारण समेत बाटोको म्यादबाहेक ७ दिनभित्र दिन सरकारका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ ।