एटीएम मेसिन तोडफोड गर्दागर्दै एक जना पक्राउ

एटीएम मेसिन तोडफोड गर्दागर्दै एक जना पक्राउ
बिहिबार, जेष्ठ २७, २०७८

काठमाडौं । काठमाडौँको भाटभटेनी चोकमा रहेको कुमारी बैक र सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गर्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग वृत्त मालीगाउँको प्रहरी टोलीले एटिएम मेसिन फुटाउन खोजेकै बेलामा पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् ।

महानगरीय प्रहरी वृत्त मालीगाउँका अनुसार बुधबार राति एक बजे दुइवटा बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा क्षेत्रीलाई पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।