जोडिनुहोस
  • होमपेज
  • रास्वपा नेतृत्वविहीन, पार्टीमा छायो सन्नाटा

रास्वपा नेतृत्वविहीन, पार्टीमा छायो सन्नाटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सन्नाटा छाएको छ । सर्वोच्च अदालतको फैसलाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीको सभापति पद पनि गुमाएपछि रास्वपा अहिलेलाई नेतृत्वविहीन बनेको छ । पार्टीका नेताहरु स्तब्ध अवस्थामा छन् ।

सर्वोच्च अदालतले रविसँग भएको नेपाली नागरिकतालाई अमान्य ठहर गर्दै उनको सांसद पद नरहने फैसला सुनाएको छ । फैसलामा उनको पार्टीगत हैसियतका विषयमा कुनै टिप्पणी गरिएको छैन । तर, पार्टीको सभापति बन्न नेपाली नागरिक हुनैपर्ने प्रावधान भएकाले रवि त्यस निम्ति अयोग्य बनेका हुन् । रविले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र अदालतभन्दा माथि कोही नरहेको बताइसकेका छन् ।

रास्वपामा रविको एकल कमाण्डजस्तै थिए । रविले सभापति पद पनि गुमाएकाले पार्टीको बैठक बोलाइएको छैन । तर, पार्टी नेताहरु आपसी छलफलमा छन् । आन्तिरक छलफलमा डोरप्रसाद अर्याल कार्यकारी सभापति बनाउने कुरा चलेको छ ।

लामिछानेको सभापति पद गएसँगै रास्वपाले अर्याललाई कार्यकारी सभापति बनाउने तयारी गरेको हो । पार्टीको बैठक बसेर अर्याललाई कार्यकारी सभापति बनाउने भन्ने विषयमा छलफल हुने रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले जनकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका