भारतबाट आएका ४० जंगली हात्तीको बर्दिया यात्रा

भारतबाट आएका ४० जंगली हात्तीको बर्दिया यात्रा
तस्बिर: शिवराम चौधरी
शुक्रबार, जेष्ठ २८, २०७८

केहि दिन अघि मात्र चीनका १५ हात्तीका तस्बिर र भिडियोहरुले विश्वभर चर्चा पायो । विश्वको ध्यान खिच्न सफल ति हात्तीको तस्बिर र भिडियो भाइरल नै बन्यो । तर नेपालमा पनि अहिले यस्तै हात्तीको लर्काे देखिएको छ ।

बर्दियामा खाता जैविक मार्ग क्षेत्रस्थित शिव सामुदायिक वनमा करीब ४० हात्ती देखा परेका छन् । ति हात्ती हिँडिरहेको तस्बिरले नेपालमा सामाजिक सञ्जाल फेसबुकमा चर्चा पाउन थालेको छ ।

यसरी हुल बाँधेर हिडेका हात्ती, कहाँ हिँडेका हुन् ? यसबारे कुनै अनुमान गर्न सकिएको छैन । राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दियाका अनुसार बर्दियामा देखा परेका यि हात्ती भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्रबाट आएका हुन् ।

यि हात्तीहरु नेपाल आउँदा परम्परागत बाटोको प्रयोग गर्दछन् । उनिहरु मान्छेको बस्तीमा पस्दैनन्। तर उनीहरूको बाटो अतिक्रमण गरेर संरचना बनाएको भए वा मानिस देखिए तिनलाई कुल्चिन सक्छन् ।

कोषका अनुसार यि हात्ती नेपालमा एक महिना जति रहेर फेरी भारत फर्किने अनुमान गरीएको छ । नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्निया घाटको दूरी करीब १० किलोमिटर छ।