प्रहरीको भ्यानले ठक्कर दिंदा एक जनाको मृत्यु

प्रहरीको भ्यानले ठक्कर दिंदा एक जनाको मृत्यु
शुक्रबार, जेष्ठ २८, २०७८

प्रहरीको भ्यानको ठक्कर बाट दाङमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका–२ लालमटियामा बिहीबार राति भ्यानको ठक्करबाट एक पुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार भे १ प ८४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीको लुअच ५३३४ नम्बरको भ्यानले ठक्कर दिएको थियो ।

अहिले घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।