बेलायतले गरीब देशलाई १० करोड डोज कोरोना विरुद्धको खोप दिने

बेलायतले गरीब देशलाई १० करोड डोज कोरोना विरुद्धको खोप दिने
शुक्रबार, जेष्ठ २८, २०७८

बेलायतले दश करोड डोज कोरोना विरुद्धको खोप गरिब देशहरुलाई उपलब्ध गराउने घोषणा गरेको छ ।

धनी देशहरूको समूह ‘जी–सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् ।

स्काइ न्यूजका अनुसार यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री जोनसनको भनाइ छ । बाँकी खोप अर्को वर्षभित्रमा वितरण गरिने जोनसनले बताएका छन् ।

यसअघि अमेरिकाले पनि न्यून र मध्यम आय भएका देशहरुलाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।