बाँकेमा सञ्चालित स्मार्ट कृषि कार्यक्रम प्रभावकारी बन्दै

बाँकेमा सञ्चालित स्मार्ट कृषि कार्यक्रम प्रभावकारी बन्दै
शुक्रबार, जेष्ठ २८, २०७८

मधु पौडेल

बाँके – बाँके जिल्लामा संचालनमा रहेका स्मार्ट कृषि कार्यक्रम प्रभावकारी बन्दै आएको पाइएको छ । कृषि ज्ञान केन्द्र बाँकेको सहकार्य तथा सहयोगमा सञ्चालनमा रहेका स्मार्ट कृषि गाउँ निर्माण गरी संचालीत कार्यक्रमहरुमा गरीएको एक स्थलगत रिपोर्टले सो कुराको पुष्टि गरेको हो ।

स्मार्ट कृषि गाउँमा कृषकहरुले विभिन्न खाद्यन्न,तरकारी,पशुपालन लगायतका व्यवसायहरु गर्दै आएका छन । कृषकहरुको सुविधाकाको लागि कृषि ज्ञान केन्द्रबाँके मार्फत हरेक योजनामा पचास प्रतिशत बराबारको अनुदान प्रदान गर्दै आइएको छ । चारवर्षे परियोजना अन्तर्गत रहेको स्मार्ट कृषि परियोजनालाई ज्ञान केन्द्रले प्रत्येक्ष रुपमा हेर्दै आएको केन्द्रका अधिकृत दिनेश भट्टराईले जनाकारी दिनु भयो ।

यसैगरी राप्ती सोनारी गाउँपालिका –७ का खोजलाल थारुले विगतमा आफुहरु खेतीकिसानी छोडेर मजदुरी गर्ने भए पनि विगत तिन वर्ष देखि कृषिलाई निरन्तरता दिदै आएको बताउँनु हुन्छ । उहाँ भन्नु हुन्छ, ‘विगतमा अधिकांश गाउँका मान्छेहरु मजदुरी गरेर आफ्नो पेट पाल्ने गर्थे ,अहिले खेती किसानी गर्छन,’।

राप्ती सोनारी कै चर्क बहादुर थारुले सुरुमा घरमा खानको लागि मात्रै गरीने भएपनि अहिले स्मार्ट कृषि परियोजना लागु भएपछि व्यवसायीक रुपमा कृषि पेशामा लागेको सुनाउनु भयो । थारु भन्नु हुन्छु,‘बर्षेमा धान र हिउदामा आलु अलि अलि खानको लागि गरिन्थ्यो जसले गर्दा खते बाझो हुने गर्दथ्यो तर अहिले खेतमा निरन्तर कुनै न कुनै खेती गरेका हुन्छौ’।

सरकारले स्मार्ट कृषिको योजनामा स्थानिय निकायको पनि प्राविधिक लगायतका सहयोग गर्दै आएको राप्ती सोनारी गाउँपालिकाका कृषि प्राविधिक शोभा कुमारी थारु बताउँनु हुन्छ । बाँकेमा स्मार्ट कृषि लागु भएयता वेमौसमी तरकारी ,च्याउँ खेती,लगायत कृषि उत्पादनहरु फरक ढंगले हुने गरेको पाइएको छ । विगत लामो समय देखि च्याउँ पकेट क्षेत्रमा च्याउँ खेती गर्दै आउनु भएको कोहलपुर–१ का पदमीकला बमले आर्थिक रुपमा पनि फाइदा लिदै आउनु भएको छ ।

 

उहाँका अनुसार च्याउ खेतीबाट मात्रै पन्ध्र देखि सोह्र लाख सम्म आम्दानी लिनु भएको बताउँनु भयो । यसैगरी कोहपुर नगरपालिका नगर कृषि शाखाका प्रमुख चन्द्र बहादुर बुढाले पनि कृषि पेशामा व्यवसायीक रुपमा लाग्नु भएका किसानहरुलाई आवश्यक पर्ने सहयोग नगरले गर्दै आएको बताउँनु भयो ।

बाँकेमा संचालन गरीएका स्मार्ट कृषि गाउँ वेलासपुर करमोहना नेपालगंज,खडकवार स्मार्ट कृषि कोहलपुर ,स्मार्ट कृषि गाउँ राप्ती सोनारी, स्मार्ट कृषि गाउँ बैजनाथ, सितापुर स्मार्ट कृषि गाउँ खजुरामा रहेको कृषि ज्ञान केन्द्र बाँकेले जानकारी दिएको छ । चार वर्षको आयोजना भए पनि आयोजनाको समाप्ती पछिका दिनहरुमा कृषकहरुले व्यवसायको निरन्तरता दिन सकेमा आमुल परिवर्तन हुन सक्ने देखिन्छ ।

(फोटोः स्मार्ट कृषि गाउँ राप्ती सोनारी गाउ पालिका फत्तेपुर–७,बाँकेमा कृषकहरुद्वारा उत्पादन गरीएको मकै बाली अनुगमन गर्दै)