नेपालमा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण, ६७ को मृत्यु

५२२५ जना संक्रमणमुक्त

नेपालमा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण, ६७ को मृत्यु
शुक्रबार, जेष्ठ २८, २०७८

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ ।