सामान्य जरिवाना तिरेर छुटे गणेश लामा

सामान्य जरिवाना तिरेर छुटे गणेश लामा
शुक्रबार, जेष्ठ २८, २०७८

काठमाडौँ– निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका गणेश लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार रुपैयाँ जरिवाना लिएर लिएर छाडेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले भने, ‘लामाले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले विहीबार पक्राउ गरी आज जिल्ला प्रशान कार्यालयमा उपस्थित गराएको थियो, हामीले सामान्य जरिवाना (२ हजार रुपैयाँ) मा छाडेका छौँ ।’

उनलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार सामान्य कारबाही गरिएको हो । प्रहरीले उनलाई बिहीबार लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो ।