राजधानीमा थप १ हजार १४० जनामा कोरोना संक्रमण

राजधानीमा थप १ हजार १४० जनामा कोरोना संक्रमण
शुक्रबार, जेष्ठ २८, २०७८

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९२१ जना, भक्तपुरमा ५६ जना र ललितपुरमा १६३ जना कोरोना संक्रमित थपिएका हुन् ।