आजका १० समाचार (भिडियो)

आजका १० समाचार (भिडियो)
शुक्रबार, जेष्ठ २८, २०७८

१ शीर्ष नेतासँग सभामुख अग्निप्रसाद सापकोटाको छलफल, सभामुखले बोलाएको बैठकमा गएनन् प्रधानमन्त्री ओली, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल, लोकतन्त्र र संविधान गम्भीर संकटमा परेको सहभागी नेताहरूको भनाइ, लोकतन्त्र र संविधानलाई बचाउन सुझाव ।

२ नागरिकता सम्बन्धी अध्यादेश रोकिँदा समस्या भयावह बन्ने जसपा अध्यक्ष महन्थ ठाकुरको भनाइ, सर्वोच्च अदालतबाट गलत निर्णय भएको प्रतिक्रिया, ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको आरोप, संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको उल्लेख, आपसमा समन्वय गरेर काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन ।

३ धनुषाको मुखियापट्टि मुसहर्नियामा पाँच बालिकाको पानीमा डुबेर मृत्यु, स्थानीय हुलास यादवको खेतमा खनिएको करिब ९ फिट गहिरो पोखरीमा पौडी खेल्न गएका उनीहरूको डुबेर मृत्यु भएको प्रहरीको भनाइ । मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह ।

४ नेपालमा कोरोना संक्रमणबाट शुक्रबार ६७ जनाको मृत्यु, ३ हजार ७ सय ५० जना कोरोना भाइरस संक्रमित थपिए, देशभरबाट ५ हजार २ सय २५ जना संक्रमितहरू निको ।

५ काठमाडौँ महानगरपालीकामा खोप अभियान स्थगित, प्राप्त खोपको डोज सकिएपछि खोेप अभियान रोकियो, खोप वितरण स्थगित भएपछि खोप लगाउन बाँकी भएकाहरूमा चिन्ता, सरकारले आम सर्वसाधारणले सहज पहुँचले खोप लगाउन पाउने व्यवस्था मिलाउन जरुरी रहेको भनाइ ।

६ काभ्रेमा आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याए पनि निषेधाज्ञाको प्रभाव भने शुन्य जस्तै,सडकमा सवारी चाप र पसलको भिडभाड घट्न सकेन, निषेधाज्ञा पूर्ण रुपमा लागू भएको प्रशासनको दाबी, प्रशासनले अहिले नियमन नै नगरेको भन्दै सर्वसाधारणको गुनासो ।

७ गण्डकी प्रदेशको नयाँ सरकारका लागि विपक्षी गठबन्धनको दाबी, प्रदेश प्रमुखलाई बहुमत सदस्यले सशरीर हस्ताक्षर बुझाए, मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताव ।

८ रसुवाको धुन्चेदेखि चीन जोड्ने नाका टिमुरे सडकको अवस्था खराब, स्थानीय सर्वसाधारण सास्ती खेप्दै , खाद्यान्न लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको गुनासो, सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भएपनि मूर्तरुप पाउन नसकेको रसुवाका पूर्व सांसद मोहन आचार्यको भनाइ ।

९ विश्वका १५ करोड ९४ लाख बढीले जिते कोरोना,संक्रमितमध्ये १ करोड २३ लाख ६२ हजार ३५१ जनामा सक्रिय संक्रमण, ८४ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर ।

१०  युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण शुक्रबार देखि शुरु,पहिलो खेलमा टर्की र इटाली बीचको भिडन्त, यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुने, जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता ।