जोडिनुहोस
  • होमपेज
  • ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं, कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । लालझाँडी गाउँपालिका ६ मा हिजो बेलुकी मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर हिजो बेलुकी साढे ७ बजे आपसमा ठोक्किएका थिए । दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका