जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको मस्जिदमा विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो

पाकिस्तानको मस्जिदमा विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो

पेसावर, पाकिस्तानको पेसावर सहरमा रहेको एक मस्जिदमा भएको बम हमलामा मर्नेको सङ्ख्या ४७ पुगेको छ । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई लक्षित गरेर सो विस्फोट गराइएको बताइएको छ । अधिकारीहरूले अझै पनि केही मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् ।

प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी निभाउनेहरुलाई लक्षित गरेर आतंकवादीहरुले डरको वातावरण सिर्जना गर्न खोजेको बताएका छन् । हालसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन । यद्यपि यसमा पाकिस्तान तालिबानको हात हुन सक्ने आशंका व्यक्त गरिएको छ ।

सो समूहले गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको घोषणा गरेको थियो । त्यसयता पाकिस्तानमा हिंसाका घटनाहरूमा वृद्धि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका