लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
सोमवार, जेष्ठ ३१, २०७८

कञ्चनपुर – लागुऔषध ब्राउनसुगरसहित प्रहरीले कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका –८ का ३० वर्षीय हरिकृष्ण राना र भीमदत्त नगरपालिका–४ का भुवन साह छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार रानाको साथबाट १३.०३ ग्राम ब्राउनसुगर र साहूको साथबाट १.४२ ग्राम ब्राउनसुगर बरामद गरिएको हो ।