कैलालीमा चोरी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ
सोमवार, जेष्ठ ३१, २०७८

कैलाली – चोरी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ बस्ने वर्ष ५० का गोविन्दराज अवस्थी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टका अनुसार उनी २०६५ मंसिर ५ गते कैलालीको साबिक मालाखेती गाविस ७ मा यार्सागुम्बा लगायत नगद तथा जिन्सी सामान चोरीमा संलग्न रहेको आरोपमा कैद सजाय सुनाइएका व्यक्ति हुन् ।

कैलाली जिल्ला अदालतले उनलाई २०६८ असार ३१ गते ६ वर्ष कैद र ४५ लाख अठतीस हजार ५ सय ५० रुपैया जरिवाना सुनाएको थियो ।