हराएकि किशोरी विवाह गर्ने युवक पक्राउ

विवाहमा सरिक पुरोहित र जन्ती समेत प्रहरी नियन्त्रणमा

हराएकि किशोरी विवाह गर्ने युवक पक्राउ
सांकेतिक तस्बिर
सोमवार, जेष्ठ ३१, २०७८

सुनसरी – यहि जेठ ३ गते संखुवासभा, खाँदबारी-३ का २१ बर्षीय एक युवकले मोरङ्ग बेलबारी घर भएकी १९ बर्षीया किशोरीलाई भगाए ।

कोरोनाको कहरको महामारीकाबीच जारी निषेधाज्ञाकाको समयमा छोरी हराएपछि किशोरीकी आमाले छोरीको खोजी गरीन् । उनले चिनजानका सबैतिर आफ्नो खोजी तिब्र बनाईन् । तर छोरी भेटिइनन् । अन्ततः उनकी छोरीले विवाह गरेको भेटियो ।

खाँदबारीका युवाले ति किशोरीलाई इटहरी–४ स्थित एक मन्दिरमा गएर सिन्दुर पोते र टिकाटालो गरी विवाह गरे । विवाहमा मन्दिरका पुरोहितले नै विवाह गर्ने धार्मीक बिधि बिधान र रीत सिकाईदिएका थिए ।

ति दुइको विवाहमा बेहुला बनेका युवककी भाउजु र भाई पनि सहभागी थिए। तर यो विवाह ति सबैजनाकालागि अभिसाप बनेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा नावालकको विवाह भएको उजुरी परेपछि बालबिवाह गर्ने युवक, किशोरीसहित विवाह गराउने र उपस्थित समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालबिवाह गरेको कसुरमा पक्राउ परेका पाँचैजनालाई कोरोनाको महामारीका कारण जिल्ला सरकारी वकिलको कार्यालय, सुनसरीको अनुमतिमा हाजिरी जवानीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।