बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
सोमवार, जेष्ठ ३१, २०७८

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कञ्चनपुरबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।