राजधानीमा थप ६०७ जनामा कोरोना भाइरस संक्रमण

राजधानीमा थप ६०७ जनामा कोरोना भाइरस संक्रमण
सोमवार, जेष्ठ ३१, २०७८

काठमाडौँ– काठमाडौँ उपत्यकामा थप ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि हिजो काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना कोरोना संक्रमित थपिएका थिए ।