रहेनन् ३८ पत्नी, ८९ छोराछोरी भएको विश्वको सबैभन्दा ठुलो परिवारका घरमुली

रहेनन् ३८ पत्नी, ८९ छोराछोरी भएको विश्वको सबैभन्दा ठुलो परिवारका घरमुली
तस्बिर: dainikcircle.com
सोमवार, जेष्ठ ३१, २०७८

एउटा परिवारमा कति सदस्य हुन्छन् होला ? सामान्यता ४/५ जना र बढिमा १०/१५ जनासम्म हुन सक्छन् । तर भारतमा भने एउटा परिवारमा नै १७४ जना रहदैं आएका थिए । हालैमा त्यस परिवारका घरमुली जियोना चानाको मृत्यु भएको छ ।

भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै सबैभन्दा ठूलो परिवारका घरमुली जियोनाको ७६ वर्षको उमेरमा निधन भएको मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् जानकारी गराएका छन् ।

जियोनाको परिवारकै कारण बख्तवांग गाउँ पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको थियो । मृतक जियोनाका पत्नी मात्र ३८ जना छन् । उनीहरुका ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनीहरु गाउँमा रहेको एक सय कोठा भएको ४ तल्ले घरमा सँगै बस्दै आएका छन् ।

जियोना सिकर्मी काम संगै पत्नी तथा बुहारीहरुका साथमा खेतीपाती गर्दै आएका थिए । उनका युवावस्थाका छोराहरुले विभिन्न प्रकारका काम गरेर परिवार चलाउन अर्थोपार्जन गर्दै आएका छन् । जियोनाकी सबैभन्दा जेठी पत्नीले घरका सबै सदस्यको कार्यको बाँडफाँट गर्ने तथा कामको निगरानी गर्दछिन् ।

यो परिवारमा हरेक दिन ४५ किलो चामलको खाना पाक्दछ भने ३० देखि ४० वटासम्म कुखुराको मासु खपत हुन्छ । २५ किलो दाल, दर्जनौँ अण्डा तथा ६० किलो तरकारी र दैनिक २० किलो फलफूल यो परिवारको दिनँहुको खान्कि हो ।

परिवार संख्या धेरै भएकै कारण उक्त परिवारले राजनीतिमा ठुलो प्रभाव राख्ने गर्दछ । कतिसम्म भने चुनावताका सबै नेताहरु उनको घरमा भोट माग्न जाने गर्दछन् । उनिहरुको भोट नै कतिपय चुनावमा निर्णायक समेत हुने गरेको छ ।
एजेन्सीको सहयोगमा