जोडिनुहोस
  • होमपेज
  • तीनवटा प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना

तीनवटा प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं, जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागहरूमा आज बिहान आंशिक बदली रहेको छ । अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका केही भू–भागहरूमा बिहानीपख हुस्सुरकुहिरो लागेको छ ।

विभागले आज दिउँसो प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका