अब उपत्यकामा कुन बार कुन पसल खुल्छ ? (सूची सहित)

सवारीसाधनमा यस्तो नियम

अब उपत्यकामा कुन बार कुन पसल खुल्छ ? (सूची सहित)
आइतवार, असार ६, २०७८

काठमाडौं – काठमाडौं उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी पूनः निषेधाज्ञा थपेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ ।

पराजुलीका अनुसार अब आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल सञ्चालन हुन पाउने छन् ।

यस्तै सोमबार, बुधबार र शुक्रबार भने सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न दिने निर्णय भएको छ ।

यसरी बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म सञ्चालन हुन पाउने छन् । खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खुल्ला हुन पाउने छन् ।

थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ । निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्नेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।