प्रधानमन्त्री ओलीले दिएको भ्याकेटको सुनुवाई शुरु

प्रधानमन्त्री ओलीले दिएको भ्याकेटको सुनुवाई शुरु
मङ्लबार, असार ८, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्याकेट निवेदनको सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटिले गरेका निर्णय अमान्य हुने अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष ओलीले निवेदन दिएका थिए ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले पार्टीको निर्देशनविपरित माओवादी नेतृत्वको सरकारको पक्षमा मतदान गरेको भन्दै एमालेले उनीहरुलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको थियो ।

कारबाही गर्न नमिल्ने भन्दै सांसद ज्वालासहित चारैजनाले दिएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो ।