मन्त्रिपरिषद् विस्तारविरुद्धको सुनुवाईमा प्रधानन्यायाधीशको प्रश्न, विस्तार गर्न नपाईने के आधार छ ?

मन्त्रिपरिषद् विस्तारविरुद्धको सुनुवाईमा प्रधानन्यायाधीशको प्रश्न, विस्तार गर्न नपाईने के आधार छ ?
मङ्लबार, असार ८, २०७८

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई शुरु भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमाथि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरा र प्रकाशकुमार ढुंगानाको इजलाशमा सुनुवाई शुरु भएको हो ।

इजलाशमा वरिष्ठ अधिवक्ता त्रिपाठीले आफ्नो बहश सकाएका छन् । इजलाशमा प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद् विस्तार गर्ने विषयका यसअघिका परम्पराका बारेमा प्रश्न गरेका थिए ।

जवाफमा त्रिपाठीले शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषद् विस्तार गर्न रोकेको र डाक्टर वावुराम भट्टराई प्रधानमन्त्री हुँदा तत्कालिन राष्ट्रपति डाक्टर रामवरण यादवले पुर्नगठनमा अस्विकार गरेकाले यसपाली समेत चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने बताएको जानकारी दिए ।

अहिले सरकारी वकिलका तर्फबाट बहश शुरु भएको जनाइएको छ ।