जोडिनुहोस
  • होमपेज
  • बार्सिलोनालाई आठ अंकको अग्रता

बार्सिलोनालाई आठ अंकको अग्रता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाभी र राफिन्हाले एक एक गोल गरे । खेलको ५८ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ७० औं मिनेटमा गाभीले गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो । त्यसपछि खेलको ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

यस जितसँगै बार्सिलोनाले २० खेलमा ५३ अंक जोडेको छ । बार्सिलोनाले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।

सेभिया २१ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका