अवैध रुपमा ल्याइएको सुर्तीसहित मोरङबाट २ जना पक्राउ

अवैध रुपमा ल्याइएको सुर्तीसहित मोरङबाट २ जना पक्राउ
मङ्लबार, असार ८, २०७८

भारतबाट अवैध रुपमा ल्याइएको ३० केजी सुर्तीसहित प्रहरीले मोरङबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१ का १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका–४ का १७ वर्षीय आशिष गिरी छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार २ वटा मोटरसाइकल प्रयोग गरेर ३० केजी सुर्ती ल्याइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

अहिले उनिहरुलाई थप अनुसन्धानका लागि सुर्तीसहित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।