नेपालमा थप ४ हजार ५२२ मा कोरोना संक्रमण, ४१ को मृत्यु

४ हजार ९५४ जना डिस्चार्ज

नेपालमा थप ४ हजार ५२२ मा कोरोना संक्रमण, ४१ को मृत्यु
मङ्लबार, असार ८, २०७८

काठमाडौँ– नेपालमा थप ४ हजार ५२२ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २०४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार ९५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।