विहानैदेखि एनटीसीको नेटवर्कमा समस्या

विहानैदेखि एनटीसीको नेटवर्कमा समस्या
बुधबार, असार ९, २०७८

काठमाडौँ– काठमाडौँ उपत्यकामा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । बुधबार बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन ।

मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँछ । यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । के कारण समस्या देखिएको भन्ने खुलेको छैन ।