खान बस्ने आश्वासनले लियो सन्तोषीको प्राण (भिडियो रिपोर्ट)

यूट्युबभरी चर्चा बटुले पनि खान र बस्न समस्यामा थिइन् सन्तोषी

खान बस्ने आश्वासनले लियो सन्तोषीको प्राण (भिडियो रिपोर्ट)
बिहिबार, असार १०, २०७८

पुष्कर खतिवडा

काठमाडौं – विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

सन्तोषीको हत्या अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई प्रहरीले बिहिबार सार्वजनिक गरको हो । गाडीको सहचालक तिमल्सिना काठमाडौँको असनबाट पक्राउ परेका हुन् ।

दक्षिणकाली पुगेकी सन्तोषीले सुरेशसँग खान र बस्न समस्या भएको बताएकि थिइन् । सन्तोषीको समस्या सुनेपछि अभियुक्त तिमल्सिनाले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भनेर वचन गरे । उनले यहि आश्वासनमा सन्तोषीलाई दक्षिणकाली मन्दिर नजिकैको जंगलमा पुर्याए र जरबरजस्ती गर्न खोजे । सन्तोषीले प्रतिकार गरेपछि तिमल्सिनाले उनको हत्या गरे ।

दक्षिणकाली मन्दिर परिसरमा मंगलबार बिहानै एक जना महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिला आत्तिएर नजिकैको इलाका प्रहरी कार्यालयमा खबर गर्न पुगेका थिए । घटनास्थलमा तत्काल महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो ।

महानगरीय अपराध महाशाखाका अनुसार, असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले तिमल्सिनालाई खान बस्न समस्या भएको बताएकि थिइन् । तिमल्सिनाले खाना र बस्ने व्यवस्था मिलाइदिने आवश्वासन दिदै उनलाई दक्षिणकाली मन्दिर नजिकैको जंगलमा पु¥याएर जरबरजस्ती गर्न खोज्दा प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि सन्तोषीकै सलले घाँटीमा बेरी हत्या गरेको प्रहरीले बताएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

सन्तोषीको शव पोस्टमार्टमकालागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । प्रहरीले शव सन्तोषीको भएको पुष्टि बुधबार नै गरेको थियो भने २४ घण्टा नबित्दै हत्या आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

तिम्सिनाले हत्या पश्चात अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । सन्तोषीको बलात्कारपछि हत्या भएको आशंका गरिएको भए पनि आरोपिले प्रारम्भिक सोधपुछमा त्यसलाई इन्कार गरेको प्रहरीले जनाएको छ ।

बिभिन्न पशुपन्छीको आवाज नक्कल गर्ने क्षमताकी अन्दाजी २७ वर्षीया सन्तोषी कालोपुलमा धर्मबुबासंग बस्दै आएकी थिइन् । करिब ९ वर्षको उमेरकी सन्तोषीलाई काभ्रेका धनबहादुर तामाङले १८ वर्षअघि चाबहिलमा भेटेका थिए । त्यसपछि सन्तोषीलाई उनले धर्मछोरी बनाएर संरक्षण दिएका थिए । तर उनको सहारा सन्तोषीको हत्या भयो ।

सन्तोषीले पढिनन् । उनमा पशुपन्छीप्रति सानैदेखि दयाभाव थियो । उनले करीब ५ बर्ष अघिबाट जनावरहरूको दुरुस्तै आवाज निकालेर सुनाउन थालेपछि युट्युबमा छाउन थालिन् । यहिबाट उनको चर्चा चुलिया र भाइरल बनिन् ।

पहिले टेम्पो र फुटपाथमा पसल चलाएका धर्मले पछिल्लो पटक सन्तोषीलाई विभिन्न विद्यालय तथा कार्यक्रममा कला प्रस्तुतिकालागि लैजाने गरेका थिए । हुनत धनबहादुर अहिले पनि साइकलमा चप्पल डुलाउँदै बेच्दै हिँड्छन् ।

हरी अनुसन्धान अनुसार सन्तोषी असार ५ गते फर्पिङस्थित पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेकी थिइन् । त्यसदिन बुवा धनबहादुरलाई फोन गरी उनले ६ गते घर आउँछु भनेकी थिइन् । तर ८ गते उनको हत्या भयो ।