यसरी बनिन् मौनी राय ब्याकग्राउण्ड डान्सरबाट बलिउड अभिनेत्री

यसरी बनिन् मौनी राय ब्याकग्राउण्ड डान्सरबाट बलिउड अभिनेत्री
बिहिबार, असार १७, २०७८

बलिउडमा नव नायिकाको रुपमा प्रवेश पाएकि मौनी राय सफल टेलिभिजन कलाकार हुन् । उनले टेलिभिजन पर्दामा लामो समय सफल अभिनेत्रीका रुपमा काम गरीसकेकि छिन् । उनका अहिले लाखौं फ्यान छन् । तर यस क्षेत्रमा प्रवेश गर्नुअघि मौनी बैकग्राउन्ड डान्सर थिइन् ।

अहिले सामाजिक सञ्जालमा मौनीले लगाउने पोसाक लहंगा, बिकिनीदेखि गहनासम्म चर्चामा आउने गरेको छ । उनी फ्यान माझ स्टाइल आइकन बनिसकेकि छन् । सन् १९८५ सेटेम्बर २८ मा भारतको पश्चिम बंगालमा मौनी राय सानैबाट अभिनेत्री बन्न चाहान्थिइन् ।

मौनीले आम सञ्चारको अध्ययन गरेकि छिन् । तर उनले अभिनयकालागी अध्ययन बीचमा नै छाडेकि छिन् । उनले अभिनय करीयरलाई ब्याकग्राउण्ड डान्सरबाट गरेकि थिइन् । उनले पहिलो पटक अभिषेक बच्चन र भूमिका चावलाको फिल्म ‘रन’को एक गितबाट गरेकि थिइन् । फिल्ममा काम नपाएपछि उनले टीभिबाट अभिनय थालिन् ।

उनले पहिलो पटक एकता कपूरको चर्चित सिरीयल क्योंकि सास भी कभी बहू थी बाट अभिनय थालेकि थिइन् । जहाँ मौनीको नाम कृष्णा तुलसी थियो । यो सिरियलपछि उनले लगातार सफलता पाइन् । उनी त्यसपछिको हिट सिरीयल ’नागिन’, ’नागिन २’, ’कस्तूरी’, ’जुनून ऐसी नफरत तो कैसा इश्क’ लगायतमा मुख्य भुमिकामा थिइन् ।

मौनीले सन् २०१८ मा अक्षय कुमारका साथ फिल्म ’गोल्ड’बाट बलिउडमा पाइला राखिन् । यस अलावा ’रोमियो अकबर वाल्टर’, ’मेड इन चाइना’ र ’लण्दन कन्फीडेन्शियल’ मा देखा परीन् । मौनी मल्टी स्टारर फिल्म ’ब्रह्मास्त्र’ मार्फत दर्शक आएकि छन् ।