हेर्दै खाउँ जस्तो नलाग्ने अनौठो परीकार जो अत्यन्त रुचीका साथ खाइन्छ

हेर्दै खाउँ जस्तो नलाग्ने अनौठो परीकार जो अत्यन्त रुचीका साथ खाइन्छ
आइतवार, असार २०, २०७८

तपाईंले कैयौं यस्तो व्यञ्जन खानु भएको होला जो सधै खाने परीकारभन्दा अलग, अनौठो र फरक हुने गर्दछ । आज हामी यस्तै केहि अनौठा व्यञ्जनका बारेमा चर्चा गर्नेछौ जसका बारेमा सुनेर मात्र पनि जो कोहि अचम्भित हुने गर्दछ । अर्थात यी परीकार खानु अघि नै तपाईं अस्विकार गर्नुहुन्छ । तर कैयौं स्थानमा यसलाई निकै रुचीका साथ खाइन्छ ।

१. जूमील्स


यो परीकारको नाम हो, जूमील्स । यो मेक्सिकोमा निकै रुचीका साथ खाइन्छ । जूमील्स छ वटा खुट्टा भएको एक किरा हो जसमा नुनको मात्रा निकै हुन्छ ।

२. सन्नाकजी


यो परीकारको नाम हो, सन्नाकजी । यो एक कोरियाली परीकार हो । यो परीकार बनाउन आठ खुट्टा भएको अक्टोपसलाई काटेर फटाफट खान पस्किने गरीन्छ ।

३. स्टिन्क हेड्स


यस व्यञ्जनको नाम हो, स्टिन्क हेड्स । यो अलास्कामा निकै रुचीका साथ खाइन्छ । यो परीकार किंग सैलमन नामक माछाबाट बनाइन्छ ।

४. फ्राग शशीमी


यस व्यञ्जनको नाम हो, फ्राग शशीमी । यो परीकार नाम अनुसार नै भ्यागुतोबाट तयार पाइन्छ । जापानमा यो परीकार निकै रुचाइन्छ । खासमा यो व्यञ्जन बनाउन भ्यागुतोलाई काटेर जब प्लेटमा पस्किइन्छ यसका मुटु धड्किरहेको हुन्छ ।

५. कोबरा हर्ट


गोमन सर्पको नाम सुन्ने बित्तिकै हामी डराउने गर्दछौ । तर भियतनामका मानिस गोमन सर्प (कोबरा)को मुटु निकालेर खाने गर्दछन् ।

६. शिराको


शिराको जापानी परीकार हो । यो परीकार माछाको गुप्तांगबाट बनाउने गरीन्छ । रूस, रोमानिया र सिसिलीमा यस व्यञ्जनलाई निकै रुचाइन्छ ।

७. होल शीप हेड


यस व्यञ्जनको नाम हो, होल शीप हेड । यो आइसल्याण्डमा खाने गरीन्छ । यो भेडाको टाउको बाट बनाइने परीकार हो ।

एजेन्सीको सहयोगमा