आमिर खानले दोस्रो श्रीमतीसंग पनि गरे डिभोर्स

आमिर खानले दोस्रो श्रीमतीसंग पनि गरे डिभोर्स
आइतवार, असार २०, २०७८

काठमाडौं – अभिनयका अब्बल कलाकार बलिउडका मिस्टर फरफेक्शनिस्ट मानिने आमिर खानले आफ्नो दोस्रो श्रीमती किरण रावसंग पनि डिर्भाेस गरेका छन् । किरणसंगको १५ वर्षको सम्बन्धलाई तोड्दै आमिरले सहमतिमा सम्बन्ध विच्छेद गरेको बताएका छन् ।

तर आमिर र किरण दुवै श्रीमान र श्रीमतीको रुपमा नरहे पनि व्यावसायिक साझेदार भने बन्न सक्ने भारतीय मिडियाहरुमा उल्लेख छ । उनीहरुको एक सन्तान छन्, अजाद । उक्त बच्चाको पालनपोषण दुवैले गर्ने सहमति भएको छ ।

आमिरले यसअघि पनि सन् २००२ मा रीना दत्तसँग सम्बन्ध विच्छेद गरेका थिए । आमिर र रीनातर्फ दुई छोराछोरी छन् । पछि २००५ मा किरण रावसँग आमिरको विवाह भयो । यो आमिरको दोस्रो विवाह थियो ।

आमिर र किरणको भेट फिल्म लगानको सेटमा भएको थियो । त्यहाँ किरण असिस्टेन डाइरेक्टर थिइन् । दुवैले केही वर्ष डेट गरेपछि विवाह गरेका थिए ।