सावधान: यी हुन् विश्वमा सबैभन्दा बढि ह्याक हुने पासवर्डहरु

कतै तपाईको त परेन ?

सावधान: यी हुन् विश्वमा सबैभन्दा बढि ह्याक हुने पासवर्डहरु
आइतवार, असार २०, २०७८

काठमाडौं – कहिलेकाहि तपाईको आफ्नै गल्तीले नेट आश्रीत एकाउन्टहरु ह्याक हुन्छन् । डिजिटल जिवनको सबैभन्दा ठुलो समस्या भनेको पासवर्ड ब्यवस्थापन नहुनु हो । लामो वा अप्ठेरो पासवर्ड राखे सम्झन ग्राहोँ हुने र सजिलो पासवर्ड भए अरुले अनुमान गरी एकाउन्ट ह्याक गदिर्ने समस्या हुन्छ । यसरी एकाउन्ट ह्याक हुनुको पछाडिको सबैभन्दा प्रमुख कारण हो, सजिलो पासवर्ड हुनु ।

विश्वको सबैभन्दा सजिलो र छिट्टै ह्याक हो, १२३४५६ हो । बेलायतको नेशनल साइबर सिक्योरिटी सेन्टरले गरको अनुसन्धान अनुसार विश्वका अधिकाशं मानिसले राख्ने छरीतो डिजिटल पासवर्ड भनेको १२३४५६ हो । जसलाई विश्वका २ करोड ३० लाखभन्दा बढि मानिसले डिजिटल पासवर्ड राखेको साइबर सेन्टरले जनाएको छ । त्यस्तै ७७ लाखभन्दा बढिले १२३४५६७८९ लाई पासवर्ड राखेका छन् । त्यस अलावा २५८०, उबककधयचम र १११११ लाई पासवर्ड राख्नेहरुको संख्या समेत लाखौं छ । ह्याकरले सजिलै ह्याक गर्न सक्ने २० जोखिमयुक्त पासवर्डहरु निम्नानुसार छन् ।

१. १२३४५
२. १२३४५६७८९
३. २५८०
४. Qwerty
५. Password
६. १११११
७. १२३४५६७८
८. abc123
९. १२३४५६७
१०. password1
११. १२३४५६७८९०
१२. १२३१२३
१३. ००००००
१४. iloveyou
१५. १२३४
१६. 1q2w3e4r5t
१७. Qwertyuiop
१८. १२३
१९. Monkey
२०. Dragon