सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ

सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ
शुक्रबार, असार २५, २०७८

काठमाडौं – सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाडा जाने सडकमा सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार ३ भई हाल भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय महिला रहेका छन ।

बुधबार राति गस्तीमा गएको टोलीले सडक किनारामा रोकी राखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको सरकारी गाडीमा जाँच गर्ने क्रममा गाडीभित्र यौनजन्य गतिविधि गरिरहेको अवस्थामा चालक खत्री र महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

प्रहरीले महिलालाई सवारी साधनबाट र चालक खत्री भाग्दै गर्दा जंगलबाट नियन्त्रणमा लिएको हो । प्रहरी देख्ने बित्तिकै खत्री जंगलतर्फ भागेपछि प्रहरीले पिछा गरी पक्राउ गरेको हो । यस्तै, बुधवार राति फरार भएका कार्कीलाई भने बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।