जोडिनुहोस
  • होमपेज
  • आयल्याण्डलाई हराउदै भारत सेमिफाईनलमा

आयल्याण्डलाई हराउदै भारत सेमिफाईनलमा

काठमाडौं । भारतले दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टीट्वान्टी विश्वकप क्रिकेटको सेमिफाईनलमा स्थान बनाएको छ ।

सोमबार राती भएको खेलमा आयरल्याण्डलाई डीएलएस मेथडमा ५ रनले पराजित गरि भारतले सेमिफाईनलमा स्थान बनाएको हो ।

भारतले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ८.२ ओभरमा २ विकेट गुमाएर ५४ रन बनाएको अवस्थामा भारी बर्षा सुरु भएको थियो । वर्षा निरन्तर भएपछि खेल डीएलएस मेथडमा गएको थियो ।

आयरल्याण्डका लागि गाबी लुईस ३२ रनमा अविजित रहँदा कप्तान लाउरी डीलेनी १७ रनमा अविजित रहिन् ।

भारतका लागि रेनुका सिंहले १ विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

भारतका लागि स्कृती मान्धनाले ५६ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ८७ रन बनाईन् । शफाली बर्माले २४ रन बनाउँदा जिमिनि राड्रिगेजले १९ रन बनाईन् ।

आयरल्याण्डका लागि कप्तान लाउरी डिलेनीले ३ तथा ओर्ला प्रिनिर्गास्टले २ विकेट लिईन् ।

समूह बी बाट इंग्ल्याण्ड यस अघि नै सेमिफाईनल पुगिसकेको थियो । समूहको बिजेता उपबिजेताको टुङ्गो भने आजको इंग्ल्याण्ड र पाकिस्तानको खेल पछि लाग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका