नाबालक छोराकी १९ बर्षे आमालाई ट्रक भित्रै ४ दिनसम्म ४ जनाद्धारा पटक पटक बलात्कार (भिडियो रिपोर्ट)

नाबालक छोराकी १९ बर्षे आमालाई ट्रक भित्रै ४ दिनसम्म ४ जनाद्धारा पटक पटक बलात्कार (भिडियो रिपोर्ट)
आइतवार, साउन ३, २०७८

नरेश सरार्फ
पर्सा–असार २७ गते बिहान, रुकुम जिल्ला घर भएकी १९ वर्षिया महिला आफ्नो २ वर्षिय छोरासहित बुटवल जान काठमाडौंको कलकिं चोकमा निस्किइन् ।

पुर्ण रुपले निषेधाज्ञा नखुलेका कारण सडकमा भनेजती सार्वजनिक सवारी चलेका थिएनन् । त्यसैले उनी कलङ्की चोकमा सार्वजनीक सवारी साधनको प्रतिक्षा गर्दै थिइन । सोही बखत वीरगञ्ज महानगरपालिका वडा नं. २१ बस्ने बर्ष २७ का ना. ५ ख. २८७० नम्बरको ट्रक चालक सुनील महतोले ट्रक रोके र उनलाई नारायणगढसम्म पु¥याइ दिन्छु भनी लिफ्ट दिने आश्वासनमा ट्रकमा चढाए ।

असार २७ मा पहिरोका कारण चितवनको बाटोमा सवारीको जाम थियो । जाममा गाडी रोकिएको अवस्थामा महतोले ट्रकको क्याबिनभित्रै नाबालक छोराकै सामुन्नेमा ति महिलालाई पटक पटक २ दिनसम्म बलात्कार गरे ।

भिडियो रिपोर्ट हेर्नुहोस्

ति महिलामाथिको बलात्कारको अपराध यति मात्रमा रोकिएन । पर्सिपल्ट असार २९ मा जाम खुलेपछि पनि ना. ५ ख. २८७० को ट्रकका चालक सुनिल महतोले ति महिलालाई चितवनको रामनगरसम्म ल्याए ।

सुनिलले दिउँसो १ बजे अर्का ट्रक चालक पोखरिया न.पा. वडा नं. ६ बस्ने २५ वर्षिय शिवबालक महतोलाई जिम्मा लगाउँदै शिवबालकले चलाएको ना. ६ ख. ३३६९ नम्बरको ट्रक रोकी उक्त ट्रकमा चढाइदिए । बुटबल जान २ बर्षे नाबालक छोरासहित काठमाडौंको कंलकीबाट चढेको ट्रककै क्याबिनमा २ दिनसम्म बलत्कृत भएकी ति महिलालाई अर्का ट्रकमा चालकले पनि २९ गते रातभर ट्रक भित्रै बन्धक बनाइ बलात्कार गरे ।

बुटवल जाने भन्दै आफूलाई ट्रकमा चढाएको अर्का ट्रक चालक शिवबालक महतोले उनलाई बुटबलतर्फ नलगी वीरगन्जतर्फ ल्याएको र वीरगन्ज ल्याउने क्रममा पथलैया अमलेखगंज सडक खण्डको जङ्गलमा पुगेपछि राजमार्ग छेउमा ट्रक रोकी पटक पटक रातभर बलात्कार गरेको पीडित महिलाले प्रहरी समक्ष बयान दिएको पर्सा प्रहरीले जनाएको छ ।

यसरी काठमाडौंको कलंकीबाट असार २७ मा बुटबल जान २ बर्षे बालकसहित हिडेकी महिलालाई लिफ्ट दिने भन्दै चढाएका पहिलो ट्रक चालकले उनलाई जाममा परेको बेला २ दिनसम्म बलात्कार गरी अर्काे ट्रक चालकलाई पर्सिपल्ट जिम्मा लगाएका थिए । असार २९ को दिउँसो १ बजे अर्काे ट्रक चालकको कब्जामा पुगेकि उनी ट्रक भित्र ३० गते बिहानसम्म बन्धक बनी बलत्कृत भइन् । ति महिलामाथिको बलात्कारको यो अपराध श्रृखंला यतिमात्र पनि रोकिएन ।

असार ३० गते शिबबालकले फेरी आफ्ना ट्रकका सहचाकल इन्दल महतोलाई ति महिलालाई ड्राइपोटसम्म पुर्याउन अह्राए । तर इन्दलले समेत बिहान ८ बजे गाडी चलाई ड्राइपोर्टसम्म पु¥याउन भनेकोमा उनी र ट्रकमा पहिलादेखि सवार भई आएका ४० वर्षिय एक ब्यक्तिले समेत पीडितलाई ड्राइपोर्ट परवानीपुर सडक खण्डको बिचमा गाडी रोकी पालैपालो पून बलात्कार गरे । त्यसपछि मात्र २ बर्षे नाबालक छोरोसहित बुटबल जान काठमाडौंबाट भनेर हिडेकी १९ बर्षिया ति महिलालाई ड्राइपोर्टमा ल्याई अलपत्र अवस्था छोडी उनिहरु हिँडेका थिए ।

अमानवीय अपराधको यो निकृष्ट श्रृखंलामा एक बलात्कारीद्वारा पीडित महिलालाई एक पछि अर्को गर्दै ३ जना बलात्कारीलाई हस्तान्तरण गरीयो । यसरी पटक पटक ४ जनाले बलात्कार गरेको आरोपमा वीरगन्ज महानगरपालिका वडा नं. २१ बस्ने बर्ष २७ का सुनील महतो र पोखरिया न.पा. वडा नं. ६ बस्ने २५ वर्षिय शिवबालक महतोलाई पक्राउ गरेको छ । र्सिसिया प्रहरी चौकीबाट निस्किएको गस्ती टोलीले ति महिलालाई फेलापारी उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पीडित महिलाको नालीबेली सुनीसकेपछि घटनामा संलग्न सुनील महतो र शिवबालक महतोलाई उनीहरुले चलाएको दुइटा ट्रकसहित गिरफतार गरेको थियो भने घटनामा सलंग्न अन्य २ जना व्यक्तिहरुको खोजतलाश भइरहेको छ । पीडित महिलाले असार ३० गते नै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी छिन् । महिलाको असार ३१ मा बीरगंजको नारायणी अस्पतालमा स्वास्थ्य परिक्षण गरीएको छ । प्रतिवादीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थमाई जिल्ला प्रहरी कार्यालय पर्साको न्यायीक हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

आर्थिक बर्ष २०७७/०७८ मा पर्सा जिल्लामा विभिन्न अपराधको घटनामा बृद्धि भएको छ । गत आर्थिक बर्ष २०७६/०७७ मा १ हजार ८१ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएकोमा २०७७/०७८ मा १ हजार १ सय ७३ वटा अपराधिक घटनाका मुद्दा दर्ता भएको पर्साका प्रहरीले जनाएको छ । वृद्धि भएका अपराधमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, ज्यान सम्बन्धी मुद्दा, सवारी ज्यान, जबरजस्ती करणी, लागु औषध, नागरिकता, कुटपिट, चोरी, अबैध वित्तिय कारोबार लगायतको घटना रहेको छ ।

यसरी गत बर्षको तुलनामा पर्सामा अपराधिक घटना बढेको प्र्रहरीकै तथ्याङ्गले प्रष्टाएको छ । राज्यको नियम कानुनलाई कडाईका साथ पालना गराईएन भने र समयमै अपराधिक घटना नियन्त्रण गर्न सकिएन भने, झन अपराधको घटनामाथप बृद्धि हुदै जाने छ ।